एमालेले कालापानी र लिपुलेकसम्बन्धी जवाफ माग्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले जवाफ माग्ने भएको छ ।

बङ्गलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्ने अभिव्यक्ति बाहिर आएको सन्दर्भमा एमालेले जवाफ माग्न लागेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शनिबार बसेको संसदीय दलको बैठकको निर्णायानुसार सो जवाफ माग्न लागेको जानकारी दिए । “प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहितविपरीत बङ्गलादेशको सीमासम्म पहुँच पुर्‍याउनका लागि नेपालले कालापानीको भू–भाग छाड्न सकिने भन्दै प्रधानमन्त्रीले अभिव्यक्ति दिएको सार्वजनिक भएको छ, यो विषयमा आजको संसद् बैठकमा हामी प्रधानमन्त्रीसँग जवाफ माग्छौँ ।” सचेतक गिरीले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर