प्रधानमन्त्री प्रचण्डको दावी : भारत भ्रमण सफल र परिणाममुखी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताएका छन्।

भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन भारत भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

उनले विगतमा थाँती रहेका विषयलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त कुराकानी भएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भएर विश्वासको वातावरण सिर्जना भएको छ । थाँती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ । नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु ।’’

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण भविष्यका लागि मार्गदर्शनको रूपमा रहने दाबीसमेत गरे । उनले भने, ‘‘सारभूत रूपमा यो भ्रमण परिणाममुखी रहेको छ । भ्रमणले भविष्यका लागि स्पष्ट मार्गदर्शनसमेत गरेको छ।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर