“हामीपछि कसैले भन्न सकेनन् समुद्ध नेपाल”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका छन्।

अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको जिकिर गरे। पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा उनले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउनका लागि आफूहरुले समृद्धिको अजेण्डालाई अघि बढाएको तर्क गरे।

ढिलो होइन, छिटो विकास गर्नका लागि आफूहरुले समृद्धिको अजेण्डालाई अघि बढाएको पनि अध्यक्ष ओलीको भनाइ थियो। उनले भने, ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरु कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन। सुखी नेपाली भन्ने आँट गर्दैन। ‘ह्वाट दे वान्ट’? समृद्ध नेपाल भन्ने जसको आँट छैन। भन्न सक्दैन। समृद्ध नेपाल भनेको मैले भन्ने गरेको छु नि यो एउटा खरवपति र अर्को चाहिँ मजदुर उनीहरु दुई वटाको सम्पत्ति मिलाउँदाखेरी एउटाले वार्षिक ४० अर्ब मुनाफा कमायो भने अर्कोले लसमा छ भने पनि २०/२० अर्ब कमाएको देखियो नि त।’

ओलीले गरिबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेकोसमेत बताए। विकास, निर्माणको कामलाई अघि बढाउनका लागि पनि गरिबी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको पनि उनले स्पष्ट पारे। ओलीले सम्पूर्ण पपुलेशनलाई विकास, निर्माणको प्रक्रियामा सहभागी गराउन पनि नेपालले विज्ञान र प्रविधिको प्रयोगमा ध्यान केन्दित गर्नुपर्ने बताए। उनले भने, ‘अब हामीले भोकमरीको अन्त्य गर्नु छ। र, गरिबी निवारण गर्नुछ। सबभन्दा फाष्ट डेभलपमेन्ट कसरी हुन्छ त भन्दाखेरी हाम्रो १७/१८ प्रतिशत पपुलेशन अझै पनि गरिबीको रेखामुनि छ। त्यसकारण त्यो पपुलेशन अहिले पनि डेभलपमेन्टको बारेमा सोच्दैन। पेटको बारेमा मात्रै सोच्छ। पेटको बारेमा सोच्नुनपर्ने भएपछि ज्ञान, विज्ञान, प्रविधि र विकासको बारेमा सोच्न थाल्दछ। त्यसकारण रुपान्तरणका लागि टेक्नोलोजी, भोकमरीबाट मुक्त हुनु एकदमै जरुरी छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर