एसी मिलानका फरवार्ड राफेल लिओले क्लबसँगको सम्झौता नवीकरण गरे

काठमाडौं । इटालियन क्लब एसी मिलानका फरवार्ड राफेल लिओले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

२३ वर्षीय फरवार्डले मिलानसँग पाँच वर्षको नयाँ सम्झौता गरेका छन्।

लिओ सन् २०२८ सम्म मिलानमा रहने छन् ।

पोर्चुगिज फरवार्ड लिओ पछिल्लो समय चेल्सीसँग जोडिएका थिए ।

तर, सम्झौता एक वर्ष बाँकी रहदै उनले इटालियन क्लबसँगको सम्झौवा नवीकरण गरेका छन् ।

लिओ सन् २०१९ मा लिलीबाट मिलान आएका थिए ।

उनले मिलानका लागि १६२ खेलमा ४१ गोल गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर