तीन दिनयता काठमाडौं उपत्यकामा पानी नपर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । तराई क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको छ ।

काठमाडौंमा अबको तीन दिनसम्म वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताए । कर्णाली, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा शुक्रबार र आज (शनिबार) न्यूनतम तापक्रम १७ डिग्री र अधिकतम तापक्रम समान ३२ डिग्री सेल्सियस रहेको छ ।

विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेशका जिल्लाको जनजीवन कष्टकर बनेको छ । तराई मधेशमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर