नेपालले घरेलु टोली मलेसियालाई ९७ रनको लक्ष्य दियो

काठमाडौं । पाहुना टोली नेपालले घरेलु टोली मलेसियालाई ९७ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको हो ।

पाहुना टोली नेपालका लागि इन्दु बर्माले ३१ बलमा ३ चौकाको सहयोगमा ३२ रन बनाईन् ।

सुरुआत राम्रो हुन नसकेको नेपालले पावर प्लेमा १३ रन बनाउँदा २ महत्वपूर्ण विकेट गुमाएको थियो ।

इन्दु बर्मा र बिन्दु रावलले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गरेसँगै नेपाल सम्मानजनक योगफलतर्फ गएको थियो ।

बिन्दु रावलले २६ बलमा २४ रन बनाईन् । सातौं विकेटका लागि रावलले कविता कुवँरसँग १८ रनको साझेदारी गरिन् ।

कविता १२ रनमा अविजित रहिन् । कविता, रावल र बर्मा बाहेक अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

घरेलु टोलीका लागि विनिफ्रेड दुराईसिंघमले ३ तथा एसा इलिसा र महिराह इज्जाती इस्माइलले समान १-१ विकेट लिए ।

पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल २–१ को अग्रतामा छ ।

नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गरेको थियो ।

नेपाल लगातार तेस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।

उता, मलेसियालाई सिरिज जित्ने सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ ।

मलेसियासँग २१ गते नेपालले पाँचौं तथा अन्तिम खेल खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर