नेपाल लगातार तेस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ

काठमाडौं । नेपालले चौथो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज शनिबार मलेसियासँग खेल्दैछ ।

खेल मलेसियाको वाइएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ ।

पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल २–१ को अग्रतामा छ ।

नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गरेको थियो ।

नेपाल लगातार तेस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।

उता, मलेसियालाई सिरिज जित्ने सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ ।

मलेसियासँग २१ गते नेपालले पाँचौं तथा अन्तिम खेल खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर