ग्रिनटी पिउनुका फाइदाहरु धेरै

काठमाडौं । के तपाई ग्रिन-टी पिउनु हुन्छ ? ग्रिनटी पिउनुका फाइदाहरु धेरै रहेका छन् । यदि ग्रिन-टी पिउनुका फाइदा तपाईँलाई थाहा छैन भने हामीले जानकारीका लागि लिएर आएका छौ ।

ग्रिन-टी पिउनुका फाइदाहरु:

-ग्रिन-टीले फोक्सो, आन्द्रा भोजननली, मुख, पेट, मृगौला आदिको क्यान्सर हुनबाट बचाउँछ ।

-यसले हड्डीमा खनिजको मात्रा बढाउन मद्दत गर्छ ।

-ग्रिन-टीमा पाइने पोलिफेनल्स लगायतका तत्वले पाचन प्रक्रियालाई चुस्त राख्न मद्दत गर्दछ । जसले गर्दा तौल नियन्त्रण हुनुका साथै मोटोपनाको समस्या आउँदैन ।

-ग्रिन-टीमा पाइने क्याटेकिनले उच्च रक्तचाप, मधुमेहलाई लाभ पुर्याउँछ ।

-छालाको चाउरीपना हटाउनको लागि पनि लाभदायक ग्रिन-टी लाभ दायिक हुन्छ ।

-ग्रिन-टीको प्रयोगले दाँत किराले खाने समस्याबाट बच्न सघाउँछ ।

-ग्रिन-टीले शरीरको रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।

-दिनमा १–२ कपसम्म ग्रिनटी प्रयोग गर्नु उपयुक्त हुन्छ ।

ग्रिन टीका बेफाइदा

ग्रिन टीले वाकवाकी लाग्न सक्छ। कोही पहिल्यै अनिन्द्राबाट पीडित भए ग्रिन टीको असर हुन सक्छ। यस्तो भए राति ग्रिन टी प्रयोग गर्नहुन्न र समयमै सुत्नुपर्छ।

ग्रिन टीले एन्जाइटीको समस्या हुन सक्छ ः ग्रिन टीले डर तथा चिन्ता बढाउन सक्छ। कसैले दैनिक चार कप ग्रिन टी पिउँछ र  र क्याफिनको संवेदनशीलता छ भने अनिन्द्रा, एन्जाइटी र पेटको अप्ठ्यारो अनुभव भएको हुनुपर्छ।औषधि सेवन गरिरहेका मानिसलाई ग्रिन टीले असर गर्न सक्छ। औषधि सेवन गर्नुअघि चिकित्सकसँग सुझाव लिनुपर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर