कागतीको बोक्राको फाइदै फाइदा

काठमाडौं । तपाईं कागतीको प्रयोग त घरमा दिनहुँ गर्नुहुन्छ होला । पक्कै पनि तपाईं यसको रसको मात्र प्रयोग गरेर बोक्रा भने फाल्नुहुन्छ । तर यसका फाइदा थाहा पाउनुभयो भने तपाईंले पक्कै पनि यसलाई फ्याँक्नु हुनेछैन । यसले धेरै काम बन्न सक्छ ।

कागतीको चिया त तपाईंले पिउनुहुन्छ होला । अब कागतीको रसलाई अन्य काममा प्रयोग गरेर बोक्रालाई चियामा प्रयोग गर्नुहोस् । यसका लागि चिया बनाउँदा चिनी चियापत्तीसँगै कागतीको बोक्रालाई पनि पकाउनुहोस् । र तयार हुन्छ तपाईंको स्वादिष्ट कागती चिया ।

त्यस्तै कटिंग बोर्ड सफा गर्नका लागि पनि कागतीको बोक्रा एकदमै प्रभावकारी हुन्छ । त्यसका लागि तपाईंले रस निकालेको कागतीको बोक्रामा थोरै नुन राखेर सफा गर्न सक्नुहुन्छ । यसरी सफा गर्दा चपिंग बोर्डबाट आउने तरकारीहरुको गन्ध र त्यसमा रहेको ब्याक्टेरियाहरु पनि मर्छन् ।

कागतीको बोक्रालाई प्रयोग गरेर भाँडा धुने साबुन पनि बनाउन सक्नुहुन्छ । तातो पानीमा कागतीको बोक्रालाई उमाल्नुहोस् । जब त्यसबाट फिज आउन थाल्छ ग्यासलाई बन्द गर्नुहोस् र चिसो हुन दिनुहोस् । तयार भयो तपाईंको भाँडा सफा गर्ने साबुन ।

त्यस्तै, तपाईंले कागतीको बोक्रालाई सुकाएर पिसेर धुलो बनाएर विभिन्न सौन्दर्य सामग्रीको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । यसलाई फेसप्याक, फेसवास आदिमा प्रयोग गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर