जोकोभिच फ्रेन्च ओपन टेनिसको अन्तिम १६ मा पुगे

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको अन्तिम १६ मा पुगेका छन् ।

पेरिसमा शुक्रबार राति स्पेनका एलेक्जान्द्रो फोकिनालाई हराउँदै जोकोभिचले चौंथो चरणको यात्रा तय गरेका हुन् ।

तेस्रो वरीयताका जोकोभिचले फोकिनालाई ७-६ ९७-४०, ७-६ ९७-५० र ६-२ ले पराजित गरे ।

अब जोकोभिचले चौंथो चरणमा जुवान पाब्लोसँग खेल्ने छन् ।

जोकोभिक फ्रेन्च ओपनको दुई पटकको च्याम्पियन हुन् ।

२३ पटकको ग्रान्डस्लाम विजेता जोकोभिच २४ औं ग्रान्डस्लाम जित्ने योजनामा रहेका छन् ।

विश्व नम्बर एक कार्लोस अल्कारेज समेत चौंथो चरणमा प्रवेश गरेका छन् ।

युएस ओपन च्याम्पियन स्पेनिस अल्कारेजले डेनिस शापोलाभोपलाई ६-१,६-४ र ६-२ ले हराए ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर