काभा नेसन्स लिगका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । कीर्गिस्तानमा जुन १८ देखि २५ सम्म आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

नेपाल भलिबल संघले शुक्रबार बन्द प्रशिक्षणमा रहेका १८ सदस्यीय टोलीबाट ६ खेलाडीलाई हटाउदै १२ सदस्यीय टोली घोषणा गरेको हो ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने छ ।

काभामा नेपालसँगै आयोजक कीर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्केमिनिस्तान रहेका छन्।

नेपाली टोली

हरि हजुर थापा, लोकेन्द्र राज गिरी, मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, सफल विक, धन बहादुर भट्ट क्षेत्री, हेमन्त बहादुर मल्ल र भीम बहादुर गाहा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर