आज नेपाल मलेसियासँग चौथो खेल खेल्दै

काठमाडौं । आज नेपाल र मलेसियासँग महिला टी–२० क्रिकेट श्रृंखलाको चौथो खेल खेल्दैछ।

वाइसडी युकेम ओभल मलेसियामा बिहान ११ बजे सुरु हुने खेलमा नेपाल जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रँदै छ।

हालसम्म भएका तीनमध्ये दुई खेलमा जीत हासिल गरेको नेपाल २–१ ले अगाडि छ । आज पनि जीत निकालेमा नेपालले अर्को खेल अगावै यस श्रृखंलामा जीत हासिल गर्नेछ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो र तेस्रो खेलमा जीत निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर