सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् ।

दोस्रो लेगको ११ औं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

थ्री स्टार सातौं जित निकाल्ने योजनामा रहेको छ । थ्री स्टार २३ खेलमा २७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

एपीएफ नवौं जित निकाल्ने योजनामा रहेको छ । एपीएफ २३ खेलमा २९ जोडेर आठौं स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र जावलाखेलबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

शीर्ष स्थानको चर्च ब्वाइज १२ जित निकाल्ने योजनामा रहेको छ । चर्च ब्वाइजले २३ खेलमा ४१ अंक जोडेको छ ।

जावलाखेल ११ औं जितको खोजीमा हुनेछ । जावलाखेल २३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै च्यासलमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र सातदोबाटोबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आर्मी आज आठौं जितको योजनामा हुनेछ । आर्मी २३ खेलमा ३० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सातदोबाटो नवौं जितको खोजीमा हुनेछ । सातदोबाटो २३ खेलमा २९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर