रामोसले पीएसजी छाड्ने

काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर सर्जियो रामोसले क्लब छाड्ने भएका छन् ।

स्पेनिस डिफेन्डर रामोसले सामाजिक संजालबाट आफुले पीएसजी छाड्ने पुष्टि गरेका छन् ।

रामोसले पीएसजीका लागि शनिबार अन्तिम खेल खेल्ने छन् ।

च्याम्पियन बनिसकेको पीएसजीले सिजनको अन्तिम खेलमा क्लेरमोन्ट फुटविरुद्ध खेल्नेछ ।

भोलि एक विशेष दिन हो, भोलि म मेरो जीवनको अर्को चरणलाई बिदाइ गर्छु, पीएसजीलाई अलविदा, रामोसले ट्वीटरमा भने।

रोमोस २०२१ मा रियल मड्रिडबाट पीएसजी आएका थिए ।

३७ वर्षीय रामोसले पीएसजीका लागि ५७ खेल खेलेका छन् ।

रामोसले पीएसजीका लागि दुई लिग उपाधि जितेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर