इन्टर मियामीले मुख्य प्रशिक्षक फिल नेभिललाई बर्खास्त गर्याे

काठमाडौं । अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले मुख्य प्रशिक्षक फिल नेभिललाई बर्खास्त गरेको छ ।

इंग्ल्यान्डका पूर्व स्टार डेभिड बेकह्यामको क्लब मियामीले नेभिललाई बर्खास्त गरेको हो ।

यस सिजन क्लबले खराब प्रदर्शन कायम गरिरहेपछि इंग्ल्यान्ड महिला फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक रहेका नेभिल बर्खास्तमा परेका हुन् ।

४६ वर्षीय नेभिल इंग्ल्यान्डको टिम छाडेर २०२१ मा मियामीको मुख्य प्रशिक्षक बनेका थिए ।

उनको नेतृत्वमा मियामीले गत सिजन एमएलएस कप प्ले-अफ खेलेको थियो ।

यस सिजन भने मियामीले उनको नेतृत्वमा १३ खेलमा १० हार व्यहोरेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर