दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा घटना रहस्यकाे पर्दामै

काठमाडौं । दरबार हत्याकाण्ड भएको आज शुक्रबार २२ वर्ष पूरा भएको छ।

२०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै स्थानमा हत्या भएको थियो।

हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो।

घटनापछि तत्कालीन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन्।

२२ वर्ष बित्दासम्म समेत घटना रहस्यमय छ। हत्याकाण्ड भएको स्थामन नारायणहिटी दरबारलाई अहिले सङ्ग्रहालयमा परिणत गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर