महेन्द्रसिंह धोनीको बायाँ घुँडाको शल्यक्रिया मुम्बईको एक अस्पतालमा सम्पन्न

काठमाडौं । भारतीय टोलीका पुर्व कप्तान महेन्द्रसिंह धोनीको बायाँ घुँडाको शल्यक्रिया मुम्बईको एक अस्पतालमा सम्पन्न भएको छ ।

चेन्नई सुपर किंग्सलाई पाँचौं पटक आइपीएलको उपाधि जिताएका धोनी सोमबार अहमदाबादबाट मुम्बई प्रस्थान गरेका थिए । मुम्बईमा रहेका बीसीसीआईको मेडिकल प्यानलमा रहेका स्पोर्ट्स अर्थोपेडिक सर्जनसँग परामर्श गरेका थिए ।

हो, धोनीको बिहीबार मुम्बईको कोकिलाबेन अस्पतालमा घुँडाको सफल शल्यक्रिया भएको छ ,चेन्नईका सीइओ कासी विश्वनाथनले भने उहाँको स्वास्थ्य ठीक छ र बिहान शल्यक्रिया गरिएको छ । मसँग विस्तृत विवरण छैन । मैले शल्यक्रियाको प्रकृति र अन्य कुराहरूको बारेमा सबै विवरणहरू प्राप्त गर्न बाँकी छ ।

धोनीले आइपीएलको पूरै सिजन बायाँ घुँडामा जमेर खेलेका थिए । किपिङ गर्दा उनी एकदम ठीक देखिएका थिए । प्रायजसो खेलमा धोनीले आठौं नम्बरमा ब्याटिङ गरेका थिए । विकेटको बीचमा दौडदा छिटो देखिएनन्। पाँचौं पटक आइपीएलको उपाधि जितेपछि धोनीले आफ्नो शरीरले साथ दिएमा कम्तीमा अर्को एक सिजनका लागि चेन्नईमा आफु उपलब्ध हुने बताएका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर