साउदी प्रो लिग विश्वकै उत्कृष्ट ५ शीर्ष लिग बन्न सक्ने

काठमाडौं । पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको साउदी प्रो लिग विश्वकै उत्कृष्ट ५ शीर्ष लिग बन्न सक्ने बताएका छन् ।

प्रो लिग क्लब अल नसरमा आबद्द रोनाल्डोले एक अन्तर्वार्तामा साउदी प्रो लिग विश्वकै उत्कृष्ट लिगमा पर्न सक्ने बताएका हुन् ।

तर, त्यसका लागि प्रो लिगले ठुला नामका खेलाडीहरुलाई आकर्षित गर्नुपर्ने उनको भनाई छ ।

ुमेरो विचारमा यदि तिनीहरूले यहाँ गर्न चाहेको काम जारी राख्छन् भने मलाई लाग्छ कि साउदी लिग विश्वकै शीर्ष पाँच लिगमा एक हुन सक्छ,ु रोनाल्डोले भनेका छन् ।

पछिल्लो समय लियोनल मेस्सी, करिम बेन्जिमा र लुका मोड्रिच जस्ता खेलाडी साउदी प्रो लिग क्लबमा आबद्द हुने चर्चा चलिरहेको छ ।

रोनाल्डो गत वर्ष साउदीको क्लबमा अबाद भएका थिए । रोनाल्डोले साउदीको क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन् । रोनाल्डो २०२५ सम्म साउदी अरेबियाको क्लबमा रहने छन् ।

३८ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाईटेडसँगको सम्झौता अन्त्य गर्दै अल नसर आएका हुन् ।

रोनाल्डोले डेब्यु सिजन प्रो लिगमा १६ खेल खेल्दै १४ गोल गरेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर