मेस्सीले पीएसजी छाड्ने पक्का

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले क्लब छाड्ने पक्का भएको छ ।

अर्जेन्टिनी मेस्सीले यस सिजनको अन्त्यसँगै पीएसजी छाड्ने भएका हुन् ।

पीएसजीका मुख्य प्रशिक्षक क्रिस्टोफ गाल्टियरले मेस्सीले क्लब छाड्ने पुष्टि गरेका छन् ।

प्रशिक्षक गाल्टियरले मेस्सीले पीएसजीका लागि शनिबार क्लेर्मन्टसँग अन्तिम खेल खेल्ने बताए ।

‘मैले फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने अवसर पाएको छु,’ गाल्टियरले भनेका छन्, ‘पार्क डेस प्रिन्सेसमा यो उनको अन्तिम खेल हुनेछ र मलाई आशा छ कि उसले न्यानो स्वागत पाउने छन् ।’

विश्वकप विजेता मेस्सीको पीएसजीसँगको सम्झौता यसै समरमा सकिँदैछ।

अर्जेन्टिनाका कप्तान मेस्सीले २०२१ मा पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए ।

मेस्सी पछिल्लो समय बार्सिलोना फर्कने चर्चा छ ।

मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७४ खेलमा ३२ गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर