रियल मड्रिड सर्वाधिक मूल्यवान फुटबल क्लब बन्यो

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड सर्वाधिक मूल्यवान फुटबल क्लब बनेको छ ।

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूचीअनुसार ला लिगा क्लब सर्वाधिक मूल्यवान क्लब बनेको हो ।

फोर्ब्सको तथ्यांकअनुसार रियलको मूल्य ६.०७ बिलियन अमेरिकी डलर रहेको छ ।

यस्तै दोस्रो स्थानमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड रहेको छ । युनाईटेडको मूल्य ६ बिलियन अमेरिकी डलर रहेको छ ।

तेस्रो स्थानमा स्पेनिस क्लब बार्सिलोना रहेको छ । बार्सिलोनाको मूल्य ५.५१ बिलियन अमेरिकी डलर रहेको छ ।

सूचीको शीर्ष १० मा प्रिमियर लिग क्लबको वर्चश्व रहेको छ ।

चौंथो स्थानमा लिभरपुल र पाँचौं स्थानमा म्यानचेस्टर सिटी रहेको छ  ।

मूल्यवान फुटबल क्लबहरूको सूची यस्तो छ:

१  रियल मड्रिड : ६.०७ बिलियन अमेरिकी डलर

२ म्यानचेस्टर युनाईटेड : ६ बिलियन अमेरिकी डलर

३ बार्सिलोना : ५.५१ बिलियन डलर

४ लिभरपुल : ५.२९ बिलियन डलर

५ म्यानचेस्टर सिटी : ४.९९ बिलियन डलर

६ बायर्न म्युनिख :४.८६ बिलियन डलर

७ पेरिस सेन्ट-जर्मेन :४.२१ बिलियन डलर

८ चेल्सी : ३.१ बिलियन डलर

९ टोटेनहम :  २.८ बिलियन डलर

१० आर्सनल : २.२६ बिलियन डलर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर