प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग बिहीबार नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो। सो क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसैगरी प्रधानमन्त्री प्रचण्डले भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि बिहीबारै शिष्टाचार भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर