गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस सञ्चालन गरिने

काठमाडौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालले उपकरणमा आधारित अवतरण प्रणाली इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालन गर्न भएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीको हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उक्त विषयमा जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको भ्रमण दल सम्मिलित नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नवीन सहमतिसँगै अल वेडरको अवस्थामा स्वदेशी विदेशी जहाजहरुले उपकरणमा आधारित प्रणालीको उपयोग गर्न सक्ने भएको जानकारी दिए । यो प्रणालीसँगै नेपालमा अवतरण गर्ने कमर्सिएल फ्लाइटले भारतीय आकाशको सजिलैसँग उपयोग गर्न पाउने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर