मिडफिल्डर युरीले लेस्टर छाड्ने

काठमाडौं । प्रिमियर लिग क्लब लेस्टरका मिडफिल्डर युरी टिलेमान्सले क्लब छाड्ने भएका छन् ।

बेल्जियम मिडफिल्डर युरीले सामाजिक संजालबाट आफुले क्लब छाड्ने घोषणा गरेका छन् ।

लेस्टरका लागि युरीले १ सय ९५ खेल खेलेका छन् । जसमा २८ गोल गरेका छन् ।

युरीको सम्झौता यसै समरमा सकिदैछ ।

२६ वर्षीय मिडफिल्डर २०१९ मा मोनाकोबाट लेस्टर आएका थिए ।

बेल्जियमका लागि युरीले ५८ खेलमा ५ गोल गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर