ब्रेन्टफोर्डले गोलकिपर मार्क फ्लेकेनलाई अनुबन्ध गर्याे

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले गोलकिपर मार्क फ्लेकेनलाई अनुबन्ध गरेको छ ।

ब्रेन्टफोर्डले नेदरल्यान्ड्सका गोलकिपरलाई फ्रेइबर्गबाट अनुबन्ध गरेको हो ।

ब्रेन्टफोर्डले गोलकिपर मार्कलाई ११ मिलियनमा अनुबन्ध गरेको बताईएको छ ।

मार्कले प्रिमियर लिग क्लबसँग ४ वर्षको सम्झौता गरेका छन् ।

यस सिजन मार्कले बुन्डेसलिगामा ३४ खेलमा ११ क्लिन सिट राखेका थिए ।

२९ वर्षीय गोलकिपरले नेदरल्यान्ड्सका लागि ४ खेल खेलेका छन् ।

प्रिमियर लिगमा ब्रेन्टफोर्ड नवौं स्थानमा रहेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर