योङले एस्टन भिल्ला छाड्ने

काठमाडौं । डिफेन्डर एस्ले योङ प्रिमियर लिग क्लब एस्टन भिल्ला छाड्ने भएका छन् ।

योङले यसै समरमा एस्टन छाड्ने भएका हुन् ।

योङ र क्लबको दुई वर्षे सम्झौता यसै समरमा सकिदैछ ।

३७ वर्षीय योङले यस सिजन एस्टनका लागि ३२ प्रिमियर लिग खेल खेलेका थिए ।

इंग्ल्यान्डका डिफेन्डर योङ २०२१ मा इन्टर मिलानबाट एस्टन फर्किएका थिए ।

त्यसअघि योङले २००७ देखि ११ सम्म एस्टनबाट खेलेका थिए ।

म्यानचेस्टर युनाईटेडबाट उनी इन्टर गएका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर