मलेसियामाथि पाहुना टोली नेपालले तेस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित

काठमाडौं । घरेलु टोली मलेसियामाथि पाहुना टोली नेपालले तेस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित हासिल गरेको छ ।

बिहिबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले हराएको हो । जितसँगै नेपालले तीन खेलको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २-१ को अग्रता लिएको छ ।

नेपालले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनायो ।

मलेसियाका लागि महिराह इज्जाती इस्माइलले ५४ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४४ रनमा अविजित रहिन् ।

विनिफ्रेड दुराईसिंघमले ३८ बलमा २० रन बनाउँदा मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाईन् ।

नेपालले दोस्रो ओभरमा नै व्यक्तिगत २ रनमा ओपनर कविता कुवँरलाई गुमाएको थियो ।

तर, दोस्रो विकेटका लागि ज्योती पान्डे र सीता रानामगरबीच ३५ रनको साझेदारीसँगै नेपाल बलियो योगफल तर्फ प्रेरित भएको थियो ।

सिताले ३५ बलमा २१ रन बनाउँदा ज्योतीले २४ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाईन् ।

तेस्रो विकेटका लागि सीताराना मगर र ईन्दु बर्माबीचमा ३२ रनको साझेदारी भएसँगै नेपाल बलियो योगफल तर्फ लम्किएको थियो ।

बर्माले ३० बलमा २० रन बनाईन् । इन्दु र कप्तान रुबिना क्षेत्रीका बीचमा तेस्रो विकेटका लागि २१ बलमा २९ रनको साझेदारी गरे ।

बिन्दु रावल ३ तथा कविता जोशी १ रनमा अविजित रहिन् ।

मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १-१ विकेट लिए ।

मलेसियासँगको चौथो खेल आगामी शनिबार रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर