आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । आज बिहीबार सुनको मूल्य फेरि बढेको छ। नयाँ बजेटपछि निरन्तर उकालो लागेको सुन आज तोलामा ५०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि बुधबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार ४१० रुपैयाँ कायम भएको थियो। बुधबार चाँदी २० रुपैयाँले बढेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर