एमाले सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौँ ।  नेकपा (एमाले) ले सचिवालय बैठक डाकेको छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको छ ।

समसामयिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर