ललितपुरमा स्मार्ट शौचालय निर्माण गरिँदै

ललितपुर । ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय निर्माण सुरु गरेको छ । शौचालयको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे । उक्त शौचालयमामा स्तनपान कक्षसमेत रहने ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले बताए ।

शौचालय पुरातात्त्विक शैलीमा निर्माण गरिने बताउँदै उनले भने, ‘शौचालयको एक कर्नरमा स्तनपान कक्ष राख्छौँ ।’ अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री यो शौचालय ६ महिनाभित्र निर्माण सम्पन्न हुने उनले जानकारी दिए ।

ललितपुर महानगर प्रमुख महर्जनले ललितपुर महानगरले प्रत्येक वडामा स्मार्ट शौचालय निर्माणको योजना अघि बढाएको बताए । उनले तत्काल नौ वटा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि टेण्डर आव्हान भइसकेको जानकारी पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर