सेभियाले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं । रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पानिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ ।

बुधबार राति हंगेरीको बुडापेस्टमा भएको फाइनलमा निर्धारित र अतिरिक्त समयमको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट पुगेको खेलमा सेभियाले रोमालाई ४-१ ले हरायो ।

सुटआउटमा सेभियाका लागि लुकास ओकम्पास, एरिक लामेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरे । मोन्टिएलले गत डिसेम्बरमा विश्वकप फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाको लागि अन्तिम पेनाल्टीसुटमा गोल गरेका थिए ।

रोमाका लागि पहिलो पेनाल्टी प्रहार गरेका ब्राएन क्रिस्टान्टेले मात्र गोल गरे भने जियानलुका मान्सिनी र रोजर एभालेजले गोल गर्न सकेनन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर