बलात्कार अभियोगमा अमेरिकी अभिनेता ड्यानीलाई ३० वर्षको जेल सजाय

काठमाडौं । अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिला माथि बलात्कार गरेको पुष्टि भएको छ । लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनी माथि लगाइएको कयौं आरोप मध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टि भएपछि जेल सजाय तोकिएको हो ।

लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाइको क्रममा बलात्कारका तीनवटा मुद्दा मध्ये दुईवटामा दोषी पाइएको हो । उनलाई सो अदालतले ३० वर्षको जेल सजाय तोकेको छ भने अदालतको फैसलासँगै उनलाई हतकडी लगाएर नियन्त्रणमा लिइएको छ ।

‘अगाडि आएर साहसका साथ आफ्ना अनुभव साझा गर्ने तीन जना महिलालाई हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ । तिनीहरूको साहस र शक्ति हामी सबैको लागि प्रेरणा भएको छ,’ जिल्ला अधिवक्ता ग्यासकोनले भने, ‘जब हामी निराश छौं कि जुरीले सबै गणनामा दोषी ठहराउन सकेन, हामी उनीहरूको निर्णयलाई सम्मान गर्छौं।’

दि सेभेन्टि शो स्टार’ का ४७ वर्षीया अभिनेता ड्यानीले सन् २००१ र २००३ को बीचमा छुट्टाछुट्टै घटनामा आफ्नो घरमा तीनजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन् । यद्यपि, उनले सो आरोप भने अस्वीकार गरेका छन् ।

अदालतको फैसलासँगै अब उनले राज्य जेलमा ३० वर्षसम्म जेल सजाय भोग्नु पर्नेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर