सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार तीन  खेलहरु हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार तीन  खेलहरु हुँदैछन् ।

दोस्रो लेगको दशौँ चरण अन्तर्गत बिहीबार तीन खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एनआरटी आज आठौं जितको योजनामा हुनेछ । एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

पुलिस दशौँ जितको खोजीमा हुनेछ । पुलिस २२ खेलमा ३१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

मनाङ सातौं जित निकाल्ने योजनामा रहेको छ । मनाङ २२ खेलमा २८ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

खुमलटार आठौं जितको खोजीमा हुनेछ ।  खुमलटार २२ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै च्यासलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

फ्रेन्ड्स सातौं जितको खोजीमा हुनेछ । फ्रेन्ड्स २२ खेलमा २४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

हिमालयन आठौं जित निकाल्न चाहन्छ । हिमालयन २२ खेलमा २९ अंक जोडेर नवौं औं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर