प्रधानमन्त्री प्रचण्ड र सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटघाट

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका छन् ।

चार दिवसीय भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड बसेको होटल मौर्यमा पुगेर सुरक्षा सल्लाहकार डोभालले भेट गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डसँग सोही होटलमा पुगेर भारतका विदेश सचिव विनयमोहन क्वात्राले समेत भेट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर