रेशम चौधरीविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पेश भएको रिट हेर्न नभ्याइनेमा राखिएकाे छ।
न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परेको रिट बुधबार हेर्न नभ्याइनेमा राखिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायतले आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश गरेकी थिइन्।
प्रतिक्रिया