“नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध रहेको दावी गरेका छन्।

उनले बुधबार एक फेसबुक स्टाटस लेख्दै भने, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमाविपरीत, लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहितविरुद्ध छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर