‘अखण्ड भारत’ नक्सामा लुम्बिनी र कपिलवस्तु समाबेश गरिएकोमा रास्वपाको आपत्ति

काठमाडौं । ​​​​​​​भारतले नयाँ संसद् भवनमा सार्वजनिक गरेको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समाबेश गरिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ।

बुधबार रास्वपाका प्रवक्ता मुकुल ढकाले विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम स्वीकार्य नहुने बताए। ‘प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर