६८ वटा अस्पतालमाथि कारवाही गर्ने मेयर बालेनको कडा चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नियमअनुसार कुल शय्यामध्ये १० प्रतिशत शय्या छुट सुविधा नदिने ६८ वटा अस्पतालहरुको सूची स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई बुझाएका छन्। मेयर साहले मंगलबार मन्त्री बस्नेतलाई भेटेर सूची बुझाउँदै कारबाहीको दायरामा ल्याउन आग्रह गरेका हुन्।

मेयर साहले कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ अस्पताललाई मन्त्रालयले कारबाही नगरे महानगरपालिका आफैँले कारवाही गर्ने बताएका छन्।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अटेर गर्ने काठमाडौं महानगरपालिकाभित्रका ती अस्पतालाई ७ दिनभित्र कारबाहीको दायरामा नल्याइए महानगर आफैँ अग्रसर हुने मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

‘नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ। स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुनअनुसार नागरिकले पाउने स्वास्थ्यसम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउनेतर्फ मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौं महानगरपालिकाले छुट सुविधासम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौं। यदि मन्त्रीज्यूले ७ दिनभित्र अस्पताललाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौं,’ मेयर साहले फेसबुकमा लेखेको छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर