तोलामा पन्ध्रसयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। तोलामा १ हजार ५०० रुपैयाँ बढेर नेपाली बजारमा सुन हालसम्मकै महङ्गो बनेको हो। बुधबार छापावाल सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ प्रतितोला कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ प्रतितोला कायम भएको छ।

यसअघि मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो। बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर