अन्तत: नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। उनले बुधबार विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।  यसअघि संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक फिर्ता गरेकी थिइन् भने दोस्रोपटक पुनः पारित भएर आएको विधेयकलाई बेवास्ता गरिदिएकी थिइन्। संविधानअनुसार, उनले गत असोज ४ गते रातिसम्म प्रमाणीकरण गरिसक्नुपर्ने विधेयकलाई बेवास्ता गरेकी थिइन्।

त्यसपछि सो विधेयकबारे सार्वजनिक चर्चा सेलाएको थियो। यद्यपि, पौडेल राष्ट्रपति निर्वाचित भएर आएपछि विधेयकबारे चासो राख्दै छलफल चलाएको थियो। हैसियत के हुने भन्ने बारेमा फरकफरक मत सार्वजनिक भइरहेको बेलामा मन्त्रिपरिषद्ले केही दिनअघि विधेयक प्रमाणीकरणका लागि आग्रह गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर