ग्वार्डीओला प्रिमियर लिग म्यानेजर अफ द इयर

काठमाडौं । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले प्रिमियर लिग म्यानेजर अफ द इयर अवार्ड जितेका छन् ।

प्रिमियर लिगले ग्वार्डीओलालाई २०२२–२३ को सिजन उत्कृष्ट प्रशिक्षक घोषणा गर्दै म्यानेजर अफ द इयर अवार्ड प्रदान गरेको हो । ग्वार्डीओलाको नेतृत्वमा सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो ।

सिटीले सातौं पटक प्रिमियर लिगको उपाधि जितेको हो । ग्वार्डीओलाको नेतृत्वमा सिटी च्याम्पियन्स लिगको फाइनल पुगेको छ । यस्तै एफए कपको फाइनलमा समेत सिटी पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर