टिम रितिकलाई माम्बा एसइइ कपको उपाधि

काठमाडौं । माम्बा एसइइ कप बास्केटबल प्रतियोगिताको उपाधि टिम रितिकले जितेको छ । काठमाडौंको माम्बा स्पोर्टस सेन्टर बुद्धनगर काठमाडौंमा मंगलबार भएको भएको फाइनलमा टिम सिंहलाई २१–१८ को स्कोरमा हराउँदै टिम रितिकले उपाधि जितेको हो । उपाधि सहित प्रतियोगिताको विजेता टिम रितिकले ट्रफी, मेडल सहित २० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको टिम सिंहले १० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

एसइइ परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा उपत्यकाका १६ टिम सहभागी रहेका थिए । विद्यालय स्तरमा रहेका विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक टिमका सदस्य राजु महर्जनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर