नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

काठमाडौं । आईसीसी विश्वकप छनोटका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको जनाएको छ ।

तर, नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका गएका छैनन् । उनीविरुद्धको बलात्कार मुद्दाको फैसला नभएको कारण सन्दीप दक्षिण अफ्रिका जान नपाएका हुन्  ।

नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्ने छन् । नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बावे जाने छन् ।जिम्बावेमा आयोजना हुने  विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । १८ जुन अर्थात असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।

दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन / असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा सँग २४ जुन / असार ९ मा खेल्नेछ । समूह ‘बी’ मा  श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन् ।

समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् । आ-आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड,   बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर