‘अखण्ड भारत’ को विवादित नक्सा प्रधानमन्त्री प्रचण्डले सच्याउनुस् भनेर कुरा गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को विवादित नक्सामा गल्ती सच्याउन लगाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।

पार्टीको भगिनी संस्था अनेमसंघद्वारा मंगलबार आयोजित कार्यक्रममा ओलीले भारतको संसद भवनमा राखिएको अखण्ड भारतको विवादित नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरेकोमा आपत्ति जनाउँदै उनले भने, “प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा त्यो नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने हुन्छ ।”

अध्यक्ष ओलीले भने, ‘भोलि प्रधानमन्त्रीजी भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर कुरा गर्नुपर्छ । त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने ? ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर