बजेट नबुझेर शेयर बजार प्यानिक बन्यो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट नबुझेर शेयर बजार प्यानिक (पीडादायी) बनेको बताएका छन् । अर्थ मन्त्रालयमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले भने, ‘शायद नबुझेर प्यानिक बनेको होला । अब बुझाउनु पर्छ । बजारलाई अप्ठ्यारो पार्ने कुनै कार्यक्रम र नीति छैन ।’

संसदीय क्षेत्र विकास कार्यक्रम रहेको र पहिलेको सांसद विकास कोष जस्तो अहिलेको नहुने उनको जिकिर रहेको छ । अर्थमन्त्री शर्माले भने अगाडि भने, ‘१६५ ठाउँमा नै केही न केही जाओस् भन्नलाई मात्र राखेको हो। यसमा सांसदको भूमिका सिफारिस गर्ने बाहेक केही हुँदैन । यसको ठेक्का मन्त्रालय ले नै लाउँछ । सांसदले पाउँदैनन्। उपभोक्ता समितिले खर्च गर्ने होइन । व्यक्तिगत रूपमा पैसा दिएको होइन ।’

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले सांसदहरू वडाध्यक्ष जस्ता भए भन्दै गरेको टिप्पणी प्रति लक्षित गर्दै उनले त्यो सत्य नभएको बताए । उनले भने, ‘एउटाले जे भन्यो त्यो नै सही हो अरू झुट भन्ने हुँदैन ।’

उनले साना क्षमताका विद्युतीय सवारीमा लगाइएको करको रक्षा गर्दै भने, ‘त्यसमा व्यापारीले बढी नाफा खाएका छन् । पत्रकारले त्यो कम गर्न सहयोग पुर्‍याउनु पर्‍यो ।” त्यस्तै, कुनै समूह वा व्यक्तिको हितलाई केन्द्रमा राखेर आफूले काम गरेको देखिएमा आफू अहिले नै छोडेर हिँड्न तयार रहेको उनले बताए । महतले भने, ‘यदि त्यस्तो प्रमाणित भए म अहिले नै छोडेर हिँड्छु । त्यसैले कम्तिमा तपाइँहरूले यस्तो कुरा नगरिदिनु होस् ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर