महोत्तरीमा एनएमबि बैंकबाट ३५ लाख रकम लुटपाट

काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् । मल्लले लुटिएको रकममा २–३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको बताए । लुटेराहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताए ।
प्रतिक्रिया