चीनले मानवसहितको पहिलो अन्तरिक्ष यान मंगलबार चन्द्रमातर्फ पठायो

काठमाडौं । चीनले मानवसहितको पहिलो अन्तरिक्ष यान मंगलबार चन्द्रमातर्फ पठाएको छ ।

मंगलबार बिहान स्थानीय समय अनुसार ९ बजेर ३१ मिनेट जाँदा सेञ्चौ–१६ नामक यान चन्द्रमातर्फ प्रक्षेपण गरिएको हो ।

गोपी मरुभूमिमा रहेको जिउछुवान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको यानमा तीन जना रहेका छन् । चन्द्रमा मिसनका कमाण्डर चिङ हाइपङको नेतृत्वमा चु याङचौ र क्वे हाइछाओ चन्द्रमातर्फ गएका हुन् ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन थाल्ने योजना बनाएको छ । चीनले चन्द्रमामा मानव बस्तीका लागि आधार निर्माण गर्ने योजना अघि सारेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर