सांसद विकास कोषको बजेट विनियोजनसँगै सांसदहरु वडा अध्यक्षको हैसियतमा झेरे : मेयर बालेन

काठमाडौं । सांसद विकास कोषको बजेट विनियोजन गरेसँगै सांसदहरु वडा अध्यक्षको हैसियतमा झेरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् ।

सांसद विकास कोषका लागि रकम विनियोजन गरिएकोप्रति असन्तुष्टि जनाएका बालेनले मंगलबार आफ्नो सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

स्थानीय सरकार प्रति संघिय सरकार गम्भीर नबनेको भन्दै सिंहदरवारको फोहोर ब्यवस्थापन समेत नगरि न्यायालयको निर्देशन पश्चात फोहोर ब्यवस्थापन लगाएतका बिषयमा संघिय सरकारप्रति रुष्ट देखिएका बालेनले वडा अध्यक्षहरुले गर्ने काम सांसदहरुले गर्ने भए किन सांसद भनेको भन्दै प्रश्न समेत गरेका छन् ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संसदमा पेश गरेको बजेटमा सांसद विकास कोष ब्युँताउँदै प्रति सांसद ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रत्यक्ष निर्वाचित १ सय ६५ जना सांसदका लागि ८ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर