सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार दुई खेलहरु हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार दुई खेलहरु हुँदैछन् ।

दोस्रो लेगको दशौँ चरण अन्तर्गत मंगलबार दुई खेलहरु हुनेछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र जावलाखेलबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आर्मी आज आठौं जितको योजनामा हुनेछ । आर्मी २२ खेलमा ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

जावलाखेल दशौँ जितको खोजीमा हुनेछ । जावलाखेल २२ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै दोस्रो खेलमा एपीएफ क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।

एपीएफ नवौं जितको खोजीमा हुनेछ । एपीएफ २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

चर्च ब्वाइज ११ औं जित निकाल्न चाहन्छ । चर्च ब्वाइज २२ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर