काठमाडौंमा मेलम्चीको पानी बिहीबारदेखि पुनः वितरण गरिने

काठमाडौ । गत जेठ ५ गतेदेखि मर्मतका लागि बन्द गरिएको मेलम्ची खानेपानी सोमबार बेलुकीदेखि काठमाडौं उपत्यकातर्फ छाडिएको छ । सुरुङमा पथान्तरण गरिएको पानी बिहीबारदेखि वितरण सुरु गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईले बताए ।

सुरुङको रेक्टिफिकेशन तथा बाढीले क्षतिग्रस्त हेडवर्क्सलगायतका संरचनाको मर्मत, सम्भार गरिएको थियो । हेडवर्क्सको अल्प तथा मध्यकालीक पानी पथान्तरणका कार्यहरू नदी फर्काएरै गर्नुपरेकाले मेलम्ची खानेपानी विकास समितिले १० दिन अघि सूचना जारी गरेर मेलम्चीको सुरुङबाट पानी पठाउन बन्द गरेको थियो ।
हेडवर्क्समा नयाँ संरचना निर्माण भएपछि सामान्य बाढीमा पहिले जस्तो सुरुङ बन्द गर्नु नपर्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर