जिडिपी घटेको बेलामा अर्थमन्त्रीका नयाँ कार्यक्रम

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले केही नयाँ कार्यक्रम घोषणा गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गत आर्थिक वर्षसम्म कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) मा २४.७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४.१ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ । सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जीडीपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ ।

चालू आर्थिक वर्षका लागि कृषि तथा पशु पंक्षी मन्त्रालयअन्तर्गत ५५ अर्ब ९७ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । आगामी वर्ष यसको आकार तीन अर्बले बढेर ५८ अर्ब ९८ करोड पुगेको छ ।

 

पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने

सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वदेशमै भ्याक्सिन उत्पादन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्ष विभिन्न रोगका करिब छ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर